कुलमानको पुनर्बहालीको खुसीमा दीप प्रज्वलन (तस्बिरहरू)
२०७८ साउन २७ गते
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङले नियुक्ति लिएको खुसीमा बौद्धमा स्थानीयले दीप प्रज्वलन गरेका छन् ।
घिसिङ दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन् । यसअघि पहिलो ४ वर्षे कार्यकाल पूरा गरी घिसिङ २०७७ भदौ २८ गते प्राधिकरणबाट अवकाश भएका थिए ।
यसअघि घिसिङकै कार्यकालमा नेपालका विभिन्न ठाउँमा लोडसेडिङ अन्त्य भएको थियो । उनलाई सोहि पदमा पुनर्बहाली गर्नका लागि नागरिकले आवाजसमेत उठाइरहेका थिए ।
तस्बिरहरू:
२०७८ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित