परीक्षाको विकल्पबारे बहस किन नगर्ने ?

कुनै पनि अप्ठ्यारो परिस्थितिले अवसर पनि ल्याएको हुन्छ भनेर भन्ने गरिन्छ तर हाम्रो सन्दर्भमा त्यो लागू भइरहेको छैन । एक वर्षभन्दा लामो समयदेखि कोभिड महामारीका बीचमा पनि हामीले विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षामा कुनै सुधार र परिवर्तन गर्न सकेनौँ । पुरानै ढाँचामा परीक्षा सञ्चालनको तयारी भइरहेको सन्दर्भमा परीक्षा रोकिएको छ । रोकिएको परीक्षाको बारेमा पक्ष र विपक्षमा तर्क र बहस भइरहेका छन् । विश्वविद्यालयका परीक्षा सञ्चालन गर्न हुने कक्षा १२ को किन नहुने ? बजार खोल्न, यातायात खोल्न हुने, परीक्षा लिन नहुने ? विद्यालयले कक्षा ११ को परीक्षा लिइरहेका छन्, १२ को परीक्षा लिन नहुने ?

यस्तै प्रश्नका बिचमा कोभिड सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेको र दैनिक सङ्क्रमितको तथ्याङ्क पनि बढीरहेको छ । ज्यानभन्दा परीक्षा ठूलो हुन सक्दैन भन्ने तर्कहरू पनि छन् । वास्तवमै ज्यानभन्दा परीक्षा ठूलो होइन तर अनिश्चित कोभिड सङ्क्रमणकाबीच परीक्षा सधैँका लागि रोक्नु पनि त युक्तिसंगत होइन कि भन्ने विचारहरु पनि आइरहेका छन् । यो आलेखलाई परीक्षाको पक्ष वा विपक्षमा बहस नगरी तत्काल रोकिएको परीक्षाको विकल्प के हुन सक्छन् भन्नेमा केन्द्रित गरिएको छ ।

शिक्षामा कोभिडले पारेको असरको वारेमा कुरा गर्दा विद्यालय होस वा विश्वविद्यालय परीक्षाको भन्दा वाहेकको अरु चिन्ता रुपमा भएपनि सारमा देखिएन । परीक्षाका वारेमा यति धेरै चर्चा परिचर्चा हुनुका पछाडि हाम्रो सामाजिक साँस्कृतिक पक्ष पनि जिम्मेवार छ । औपचारिक रुपमा हुने परीक्षा र त्यसमा हासिल गर्ने उपलब्धिलाई ज्यादै महत्त्व दिने हाम्रो संस्कार नै हो ।

शिक्षामा कोभिडले पारेको असरको बारेमा कुरा गर्दा विद्यालय होस वा विश्वविद्यालय परीक्षाको भन्दा बाहेकको अरु चिन्ता रुपमा भएपनि सारमा देखिएन । परीक्षाका बारेमा यति धेरै चर्चा परिचर्चा हुनुका पछाडि हाम्रो सामाजिक साँस्कृतिक पक्ष पनि जिम्मेवार छ । औपचारिक रुपमा हुने परीक्षा र त्यसमा हासिल गर्ने उपलब्धिलाई ज्यादै महत्त्व दिने हाम्रो संस्कार नै हो । लिखित परीक्षा वाहेकका परीक्षा त न विश्वविद्यालयमा हुन्छन् न त्यस्ता परीक्षाका बारेमा विश्वविद्यालयले सिकाउँछ र न ती परीक्षाका बारेमा साझा धारणा बन्छ । त्यसैले त हाम्रा ४ वर्षका बालबालिकाले मन्टेश्वरीमा परीक्षा दिन्छन् र त्यसमा पाएको ग्रेडले हामीलाई प्रफुलित पार्छ अनि गर्वसाथ सामाजिक सञ्जालमा बालबालिकाको फोटोसहित बधाई र शुभकामना दिन्छौ र भन्छौ, सधैँ यसैगरी १०० मा १००, जिपिए ४, सबै विषयमा A+ ल्याउनु ।

संस्कार मात्र होइन हाम्रो शिक्षण सिकाइ नै परीक्षा केन्द्रित हुन्छ । पुराना प्रश्नका सेटहरुको व्यापार र नयाँ परीक्षाका प्रश्न सेट शिक्षण सिकाइको अनिवार्य सामग्री हो । विषय अनुसार गेस पेपर र ठूला साना परीक्षाका सोलुसनले राम्रै व्यापार गर्छन् । कक्षामा कुनै पाठलाई परीक्षामा प्रश्न आउँछ वा आउँदैन भनेर छुट्याइन्छ र यो पाठबाट कहिल्यै परीक्षामा प्रश्न आउँदैन भने त्यो नपढ्ने र सधैँ प्रश्न आउने पाठ पढ्ने । गजब कस्तो छ भने प्रश्न बनाउने र पाठ बनाउने विज्ञको झगडा परेजस्तो केही पाठका प्रश्न सधैँ आउँछन् र केही पाठका प्रश्न कहिल्यै आउँदैनन् ।

कोभिडको प्रभाव कहिलेसम्म रहन्छ अनुत्तरित भएको अवस्थामा कोभिड कम भएपछि मात्र परीक्षा लिने वा कोभिडको सङ्क्रमण जे जस्तो भएपनि सुरक्षाका मापदण्डहरूको पालना गरेर तथा परीक्षाका वैकल्पिक विधिको प्रयोगबाट परीक्षा लिने भन्ने सवालमा स्पष्ट नहुँदासम्म यो लामै चर्चा र वहसकै विषय भइरहने पक्का छ ।

कोभिडको अवस्था जे होला परीक्षा त गर्नैपर्छ भन्ने हो भने पनि कुन माध्यम ? भौतिक उपस्थितिमै गर्ने वा अन्य विकल्पको प्रयोग गर्ने ? अनलाइन गर्न संभव छ ? यसका पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । यसका लागि सानो तयारी गर्न सकिन्छ । हरेक विद्यालयले विद्यार्थीले कुनै साधनबाट अनलाइन परीक्षा दिन सक्ने वा नसक्ने द्रुत सर्वेक्षण गर्न सक्छन् । के भयो भने अनलाइन परीक्षा दिन सक्छन् भन्ने सोधेर त्यसको विकल्प ल्याउन सक्छन् । इन्टरनेट मात्र भए दिन सक्छन् कि डिभाइस नै चाहिन्छ भन्ने ५/७ दिनमै सर्भे गरेर अनलाइनबाटै डाटा तयार हुन सक्छ । यसका लागि विद्यालयलाई परिचालन गर्न सकिन्छ । पहिलो चरणमा अनलाइनबाट परीक्षा लिदाँ करिब आधा विद्यार्थी घट्छन् ।

यसबाट अनलाइन संभव हुने वा नहुने निर्क्यौल गर्न सकिएला । अनलाइन परीक्षाका लागि डिभाइस र नेट मात्र भएर पनि नहोला, टाइप गर्नु पर्ने कि नपर्ने ? टाइपिङ सिप छ कि छैन ? वस्तुगत प्रश्न मात्र सोध्ने हो कि ? फेरी सबै विषयका लागि वस्तुगत प्रश्नले प्रभावकारी मापन गर्न नसक्ला ? अनलाइन परीक्षाका लागि प्रश्नको ढाँचामा थोरै परिवर्तन गर्न सकिन्छ । वस्तुगत र छोटो उत्तर आउने प्रश्नमा बढी जोड दिनु आवश्यक हुन्छ । अनलाइन पनि घरबाटै दिने कि कुनै खास स्थानबाट दिने । अनलाइन परीक्षाको विश्वसनीयता कसरी कायम गर्ने ? अनलाइन परीक्षामा थोरै तयारी गर्न आवश्यक छ, तर यो सम्भव छ ।

हालको कठिन परिवेशमा दुई घण्टाका दुई विषयका परीक्षा लिन सकिन्छ । यसले परीक्षाका दिन घटाउँछ जसले यसको जोखिम पनि घट्छ । परीक्षा केन्द्र बढाएर एउटा कक्षामा एउटा वेञ्चमा एकजना मात्र विद्यार्थी राख्ने भिडभाड हुन नदिन र स्वास्थ्य मापदण्ड पालना गराउन दोब्बर जनशक्ति परिचालन गर्न सकिन्छ ।

अनलाइन परीक्षा लिएपछि बाँकी रहेका विद्यार्थीका लागि भौतिक परीक्षा गर्न पनि सकिन्छ यसो गर्दा परीक्षा केन्द्र धेरै बनाउने, एकै दिन २ विषयको परीक्षा लिने, स्वास्थ्य मापदण्डको पालनामा विशेष ध्यान दिन सकिन्छ । हालको कठिन परिवेशमा दुई घण्टाका दुई विषयका परीक्षा लिन सकिन्छ । यसले परीक्षाका दिन घटाउँछ जसले यसको जोखिम पनि घट्छ । परीक्षा केन्द्र बढाएर एउटा कक्षामा एउटा वेञ्चमा एकजना मात्र विद्यार्थी राख्ने भिडभाड हुन नदिन र स्वास्थ्य मापदण्ड पालना गराउन दोब्बर जनशक्ति परिचालन गर्न सकिन्छ ।

साउन ३१ देखि तय गरिएको परीक्षा जम्मा ९ दिनमा सकिने गरी तालिका बनाइएको थियो । अनिवार्य विषयको परीक्षामा एकैदिन चारै लाख विद्यार्थी सहभागी हुनुपर्ने अवस्था पनि थियो । यसलाई विषयगत रुपमा २५/३० दिन परीक्षा हुने गरी शुरुमा ५/६ दिन विज्ञान समूहमा अध्ययन गर्ने विषयको मात्र, सो पश्चात अरु विषयको क्रमश: गर्दै जादा विद्यार्थी सङ्ख्या घट्दै जाने र परीक्षा सञ्चालनमा सहजता आउँछ ।

परीक्षा बोर्डलाई धेरै प्रश्नपत्र बनाउनुपर्ने चुनौती र धेरै जनशक्ति परिचालन गर्नुपर्ने थप काम देखिन्छ । समन्वय र जनशक्ति परिचालनका लागि स्थानीय निकायको शिक्षा शाखा, जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पनि परिचालन गर्न सकिन्छ । पालिकागत रुपमा जिम्मेवारी दिन पनि सकिन्छ । सबैलाई एउटै प्रश्न सोध्ने भन्दा पनि पुरै पाठ्यक्रमबाटै २/३ सय (विषय अनुसार) प्रश्नको वैङ्क तयारी गरी सफ्टवेयरबाट हरेक विद्यार्थीका लागि फरक फरक प्रश्न पर्ने गरी परीक्षा सञ्चाल हुन् सक्छ । यदि हाम्रो अहिलेको परीक्षाको वास्तविक अवस्था हेर्ने हो भने पुराना प्रश्न नै ३० देखि ६० सम्म दोहोरिन गरेकै हुन । गणितका अङ्क मात्र फरक पर्ने हुन् ।

विकल्पहरु त खोजी होलान, गर्न सकिएला, संसारका अन्य देशका अभ्यास हेर्न पनि सकिएला तर हामी हाम्रो परम्परागत परीक्षाको ढाँचा फेर्ने कि त्यसमै जाने ? शिक्षक विद्यालयलाई कसरि विश्वास गर्ने ? वा त्यो प्रणाली विकास गर्ने ? विद्यार्थीलाई कोरोना ब्याजको ट्याग लाग्ने अवस्था सिर्जना हुन नदिन के गर्ने ?

अनलाइनका लागि हाम्रो आवश्यकता अनुसारको कुनै खास प्रकारको एप्लिकेशन वा सफ्टवेयर विकास गर्न सकिन्छ । विश्वसनीय सफ्टवेयर खरिद गरेर आवश्यकता अनुसार कस्टोमाइज गर्न सकिन्छ । जुनसुकै अबस्थामा पनि परीक्षा लिने हो भने मौखिक परीक्षा जुन फोनबाटै पनि लिन सकिन्छ त्यो सबैभन्दा प्रभावकारी हुन सक्छ । मौखिक परीक्षाका केही अवगुणहरु छन् तर तिनीहरुलाई पनि प्रविधि तथा केही खास प्रकारका सफ्टवेयर तथा एप्लिकेशन र विधि प्रयोग गरेर हटाउन वा कम गर्न सकिन्छ ।

विकल्पहरु त खोजी होलान, गर्न सकिएला, संसारका अन्य देशका अभ्यास हेर्न पनि सकिएला तर हामी हाम्रो परम्परागत परीक्षाको ढाँचा फेर्ने कि त्यसमै जाने ? शिक्षक विद्यालयलाई कसरी विश्वास गर्ने ? वा त्यो प्रणाली विकास गर्ने ? विद्यार्थीलाई कोरोना ब्याजको ट्याग लाग्ने अवस्था सिर्जना हुन नदिन के गर्ने ? नेपालमै उच्च शिक्षा पढ्नेका लागि शर्त सहित उच्च शिक्षाको भर्ना शुरु गर्न सकिन्छ भने विदेश जानेहरुका लागि अनलाइन परीक्षा (प्रश्न वैङ्कबाट) लिएर प्रमाणपत्र दिन पनि त सकिएला । मुख्य विषय के गर्ने भन्नेमा स्वस्थ वहसको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *