मेयर द्वारिकलाललाई कार्यालय प्रवेशमा रोक

विराटनगर । नेपाली कांग्रेसका सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ । मेयर चौधरीले बुधबार एक जनालाई कार्यकक्षमा थुनेको विरोधमा कांग्रेसले तालाबन्दी गर्दै कार्यालय प्रवेशमा रोक लगाएको हो ।

याे पनि : मेयर द्वारिकलालले आफूलाई थुनेको सेवाग्राहीको दाबी

कांग्रेस नेता कार्यकर्ताले बिहानैदेखि उपमहानगरपालिका घेराउ गरेको छ । कांग्रेस इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौडेलले सरकारी जग्गा फिर्ता गर्ने नाममा शरीर बन्धक बनाउने काम भएको दाबी गरे । मेयर चौधरी पार्टीगत स्वार्थका कारण व्यक्तिलाई हेरेर जग्गा खाली गराउने नाममा अपराधिक गतिविधिमा लागेको उनको आरोप छ ।

थप : द्वारिकलाल भन्छन्- कोठामा बस्नू भनेको थिएँ‚ थुन्यो भनेर हल्ला फैलाउनुभएछ

‘संयमित भएर हामीले आन्दोलनका कार्यक्रम शुरू गरेका छौं,’ उनले भने, ‘हामीले कार्यालयको अन्य काम कारबाही रोकेका छैनौं, मेयरलाई कार्यालय प्रवेशमा रोक लगाएका हौँ ।’ मेयर चौधरीले बुधबार इटहरी ४ का यामानाथ ढकाललाई कार्यालयमा थुनेको आरोप कांग्रेसको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *