तीनवटै तहका जनप्रतिनिधिको सम्पति छनबिन गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेका सांसद आशाकुमारी विकले तीनवटै तहका जनप्रतिनिधिको सम्पति छनबिन गर्न माग गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधहरूको सम्पति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *