दिनहुँ २ लाखसम्मले खोप पाउने स्वास्थ्य राज्यमन्त्रीको दाबी

अघिल्लो सरकारको पालामा ९७ लाख खोप आएको थियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको जानकारी प्रतिनिधि सभामा गराएका छन् । बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिएका हुन् ।

नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको श्रेष्ठले जानकारी दिए । यस्तै मन्त्री श्रेष्ठले हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको दाबी गरेका छन् । ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ,’ मन्त्री श्रेष्ठले भनेका छन्, ‘हरेक दिन २ लाखसम्मले खोप लगाइरहेका छन् ।’

यस्तै मन्त्री श्रेष्ठले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *