लुम्बिनीका मुख्यमन्त्री केसीसहित सात मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित ६ मन्त्रीले शपथ लिएका छन् । बिहीबार उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

ग्रामीण तथा सहरी विकासमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी, आर्थिक मामिला तथा योजनामन्त्रीमा माओवादीका कृष्णध्वज खड्का‚ भौतिक पूर्वाधार विकासमन्त्रीमा जसपाका सहसराम यादवले शपथ लिएका हुन् ।

त्यस्तै जसपाका सुमन शर्मा रायमाझी र पुर्मती ढेगा तथा स्वतन्त्र समूहका अजय शाहीसमेत मन्त्री बनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका संसदीय दलका नेता शंकर पोखरेलले बुधबार (हिजो) पदबाट राजीनामा दिएपछि केसीले आज ४२ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *