लुम्बिनी प्रदेश
एमाले सांसदबाट राजीनामा, मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त
मकालु खबर
२०७८ साउन २९ गते
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को बैठकले डाँगीलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता कृष्णध्वज खड्काकाअनुसार डाँगीलाई सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा उपलब्ध गराउनेगरी मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको हो ।
नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिएका थिए । डाँगीको राजीनामापछि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेका थिए । दाङ क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत हुन् ।
मकालु खबर
२०७८ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित