काठमाडौंमा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता महन्थ ठाकुरले आउँदो शनिबार (भोलि) काठमाडौंमा भेला आयोजना गर्दैछ ।  गत साउन २२ गतेदेखि देशव्यापी रुपमा अगुवा कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुरले शनिबार काठमाडौंमा भेला आयोजना गर्न लागेका हुन् ।

अगुवा कार्यकर्ता भेलाअन्तर्गत ‘बागमती प्रदेशको अगुवा कार्यकर्ता भेला’ शनिबार बिहान साढे ११ बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा शुरु हुनेछ । भेलालाई ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरतसिहं भण्डारी, अनिलकुमार झा, श्री लक्ष्मणलाल कर्ण र गणेश योञ्जनलगायतले सम्बोधन गर्दैछन् ।

गत साउन ११ गते निर्वाचन आयोगले ‘हेड् काउन्ट्’बाट जसपा विवाद मिलाउँदै पार्टीको आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपालाई दिएको छ । यसपछि साउन २५ गते भट्टराई–यादव पक्षको कार्यकारिणी बैठकले ठाकुर पक्षका १६ जना कार्यकारिणी सदस्यलाई कारबाही गरेको छ ।

यसपछि जिल्लाकेन्द्रित भएको ठाकुर पक्षले काठमाडौंमा भेला आयोजना गर्न लागेको हो । जिल्लाकेन्द्रित भएका नेताहरुले ‘जसपा कसले फुटायो भनेर जनतालाई भन्दैछौँ’ भनेर भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *