अंशत: (लघुकथा)
हामी कतै जाँदै थियौँ । हँ कता ? कतै होइन त्यही सम्म ।
केटी भेट्न ? होइन को ।
उम्म केटी ! ऊ केटी होइन मलाई त केटाकेटी जस्तै लाग्छ । तर लागेर के गर्नु आफ्नो त प्रेमिका परिन् । ए हल्ला नगर्नुस् नि फेरि हजुर भएर पो सुटुक्क भनेको त ।
प्रेमिका भएपछि आफूलाई प्रेमी भनेर चिनाउन पनि त मन लाग्दो होला नि गुरु ?
ओ ! भाई लागेको कुरा सबै कहाँ भन्न र देखाउन पाइन्छ त । मन लागेर के गर्नु प्रेमिकाहरु अलि क्यारक्यारे पर्छन् टाँस्सिएर नै हिन्दिनु पर्ने । आफूलाई क्यारक्यार गरेको फेरि फिटिक्कै मन नपर्ने । त्यही माथि त्यो क्यारक्यारमा पनि मायाँ मिसाएर पठाएकी छु भने देखि त अब उस्कै क्यारक्यारको पनि लोभ लाग्न थाल्या छ । जीवनमा यस्तै क्यारक्यार गर्ने मान्छे अलि धेरै हुन्थे भने मान्छेलाई समयको चैँ ख्याल हुन्छ होला ।
स्कुल पढ्दा उसलाई भन्न डराइयो । कलेज पड्दा छुट्टै दुनियाँमा हराइयो । ऊ कहाँ पुगिहोला म ज्या गोठालोको छोरालाई कहाँ कुर्दी हो भनेर गाउँ फर्केथेँ चौतारीमा नै कुरी बसिछे । गर्ल्याम्मै अङ्गालो हाली पो गै त ।
ए बा !! अनि ! अनि के भयो नि दाजु ?
ल सुन भाई ।
सानै थिए । आफूलाई के थाहा मायाँ भन्ने कुरा । ऊ सधैं आउँथी चुईगम दिन्थी जान्थी धेरै टाढा होइन, पहिलो बेन्चबाट लास्ट बेन्चमा । म जुन साइडमा बस्यो त्यतै बस्थी ।
एक दिन सोधे माया तिम्रो ! तिम्रो घरमा चुईकम पसल छ हो ?
दाजु सुरु मै माया भन्देको ?
ए भाइ नबोल्न उसकाे नाम नै माया होन्त । हे हे ।
अनि? अनि के भनी त ?
के भन्नू नि
चुइकम दिन पसल नै हुनुपर्छ त बुद्धू ! भनी
आफूलाई के थाहा यो बुद्धू, यार, पागल भन्नू माया हो भनेर । नत्र त मेरो उहीँ बेला मायासङ्ग माया बसेको ।
‘चुइकम दिएर गुलियो माया देखाउने मेरी माया हिजोआज गुलियो रस सक्केर बिना काममा किन चपाइरहनू भनेर थुकेर फाल्ने भई रे’ भन्छ रे ऊ ।
ऊ भन्या को हो दाइ फेरि ?
ऊ भन्या म नै हो नि । आफ्नो कथा पनि यत्तिको संस्कार हालेर कसैले सुनाउँछ होला ?
मैले सुनाए । तैँले सुनिस् पढ्नेले के पढ्ला के बुज्ला ? यत्तिको कथा त कथाकारले बाहेको अरुले के लेख्ला र ?
ओई !! उठ । आज नयाँ बजार तिर जानू पर्छ त्यता तिर फोहोर अलि कम छ रे । माया ज्यादा पाइन्छ कि ।।।