माओवादीको केन्द्रीय कमिटी बैठक, के के विषयमा छलफल हुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक बत्तीसपुतलीस्थित अनुपम क्याफेमा शुरु भएको हो । भोलिसम्म बस्ने बैठकमा विधान संशोधन प्रस्तावलगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य लीलामणि पोखरेलले जानकारी दिए । ‘विधान संशोधन प्रस्तावलगायतका विषयमा छलफल हुन्छन्,’ पोखरेलले भने, ‘अध्यक्ष कमरेडले राजनीतिक र साङ्गठानिक प्रतिवेदन पेश गर्ने एजेन्डा छ ।’

यस्तै बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिफिङ्ग गर्नेछन् । यसअघि गत शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनलाई एकरुपता दिँदै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो । सोअनुसार बैठकमा प्रस्ताव पेश हुन लागेको हो ।

एक केन्द्रीय सदस्यकाअनुसार बैठकले पार्टीको सांगठानिक संरचनाबारे महत्पूर्ण निर्णय लिन सक्नेछ । ‘पार्टीमा पहिलेदेखि उठेको विषय पार्टीको सांगठानिक संरचनाबारे नयाँ नियम वा स्वरुप बनाउन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *