नेपालको चुनौती:

‘गलत प्रवृत्तिसँग कहिल्यै सम्झौता गरिँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले गलत प्रवृत्तिसँग कहिल्यै सम्झौता नगरिने बताएका छन् । शनिबार (आज) संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै रहेको भन्दै एमालेले आफ्नो जनविश्वासलाई काबुमा राख्न नसकेको नेता नेपालले उल्लेख गरे । ‘गलत र अहंकारी प्रवृत्तिले हामीले आफ्नो जनविश्वास कायम राख्न सकेनौँ,’ नेपालले भने, ‘तर जनविश्वास खस्किएको भए पनि मैदान खाली नै छ । समयमै हाम्रो आँखा खुल्नुपर्छ, कहाँ कहाँ त्रुटी छन् सच्याउनुपर्छ ।’

नेता नेपालले कम्युनिष्ट अफ्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने पनि बताएका छन् । कसैको पनि असहज बाटो र दुःख रोज्ने चाहना नहुने दृष्टान्त सुनाउँदै नेता नेपालले कम्युनिष्ट सधैं अप्ठ्याराहरुलाई चिर्दै अगाडि बढ्नुपर्ने बताए ।

वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्न खोजेको नेता नेपालले बताए । ‘न रुन सकिने न हाँस्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौँ,’ नेता नेपालले भने, ‘असहज भनेको बाध्यता हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *