कांग्रेस महाधिवेशन : गाउँ/नगर कार्यसमिति क्रियाशील सदस्यले चुन्न नपाउने

काठमाडौँ । नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चयनको व्यवस्थामा संशोधन गरेको छ । केन्द्रीय समितिको बैठकले विधानमा रहेको क्रियाशील सदस्यले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चयन गर्ने व्यवस्था संशोधन गर्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्र गाउँ तथा नगर अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको हो ।

पार्टीको १४औं महाधिवेशनका लागि गाउँ-नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ । निर्णयमा भनिएको छ- ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर-उपमहानगर-महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने ।’

काँग्रेसले विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने जनाएको छ । यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *