तालिवान काबुल पुगे, अफगान मन्त्री भन्छन्- शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुन्छ

काठमाडौँ । तालिवानी लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तर, उनीहरुले बल प्रयोग गरेर राजधानी सहर कब्जामा नलिने उद्घोष गरेका छन् ।

काबुल छोड्न चाहनेलाई अबरोध र आक्रमण पनि नगर्ने तालिवान नेताहरुले बताएको अलजजिराले उल्लेख गरेको छ।

पछिल्लो समयमा प्रान्तीय राजधानी सहर तालिवानले बल प्रयोग नगरि कब्जा गरेको थियो । यसैबीच अफगानिस्तानी आन्तरिक मामिलामन्त्री अब्दुल सतार मिर्जाकवालले शक्ति हस्तान्तरण शान्तिपूर्वक हुने बताएका छन् ।

मन्त्री अब्दुलले काबुलमा भिडन्त नहुने भन्दै नागरिकलाई चिन्ता नलिन आग्रह गरेका छन् । उनले अब नयाँ संक्रमणकालीन सरकार बन्ने बताएका अल्जजिराले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *