अफगान अपडेट : राष्ट्रपति घानी नेटो र अमेरिकी प्रतिनिधिसँग छलफलमा

काठमाडौँ । अफगान राष्ट्रपति असरफ घानीले नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल थालेका छन् ।

तालिवान लडाकु राजधानी काबुलमा प्रवेश गरेपछि घानीले छलफल थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिवानले बल प्रयोग नगर्ने भन्दै नडराउन नागरिकलाई आग्रह गरेको तथा त्यहाँका गृहमन्त्रीले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बताएको खबर सार्वजनिक भएसँगै घानी शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने मनस्थितीमा पुगेको आकलन गर्न थालिएको छ ।

तालिवानले देशको प्रमुख प्रशासकीय केन्द्र काबुललाई चारैतिरबाट घेरा हाल्नुका साथै काबुल प्रवेश नै गरिसकेको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण भए काबुलमा आक्रमण नहुने बताएको छ ।

सम्भावित संकट र सुरक्षा खतरालाई मध्यनजर गर्दै काबुलस्थित विभिन्न देशका कुटनीतिक नियोगहरू  खाली गरिएका छन् । अमेरिकाले हेलिकोप्टरमार्फत् आफ्ना नागरिकलाई फिर्ता लगेको छ । संयुक्त राष्ट्र संघले अफगानिस्तानमा ३ लाख ९० हजार मानिस विस्थापित हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *