२२ तस्बिरमा हेर्नुहोस् मनमोहक टौदह

काठमाडाैँ । काठमाडौंबाट ७ किमि पर दक्षिणकाली जाने बाटैमा पर्छ टौदह । ‘टौ’ भनेको नाग वा सर्प र ‘दह’ भन्नाले पोखरी अर्थात् नाग बस्ने स्थल हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक तालमध्ये टौदह पनि एक हो ।

करिब सय रोपनी क्षेत्रफलमा यो फैलिएको छ । राजधानीको नजिकै रहेर पनि चर्चामा आउन नसकेको टौदहको सुन्दरता अहिले बढको छ । उपत्यकामा घुम्नलायक गन्तव्यमा यो पनि हाे ।

परापूर्वकालमा मञ्जुश्रीले उपत्यकाको दक्षिणमा रहेको चोभारको गल्छी काटेर तालको रुपमा रहेको काठमाडौँ खाल्डोलाई पानी रहित बनाएर अहिलेको मानव बस्ती बसेको भन्ने किंवदन्ती रही आएको छ । विशाल पहाड काटेर बनाइएको चोभार गल्छीको साँघुरो घाटीबाट बागमती नदी काठमाडौँ उपत्यकाबाट बाहिर निस्कन्छ । तालको रुपमा रहेको पानी बगेपछि उपत्यका बाहिर केही साना ताल र पोखरीहरु बचेका थिए ।

तौदः अर्थात अहिलेको टौदह त्यहीमध्ये एक मानिदै आएको छ । अर्को पौराणिक कथन अनुसार उपत्यका खाल्डोको पानी बाहिर निकास भएपछि यहाँ बस्दै आएका नागराज कर्कोटकलगायतका नागलाई बासस्थानको समस्या भयो । कर्कोटकले मञ्जुश्रीसँग बिन्ती गरेपछि उनीलगायत अन्य नागलाई उपत्यकामा बसोबास गर्ने मानिसहरुको सुरक्षा गर्ने बाचासहित यही टौदहमा राखियो ।

कीर्तिपुर नगरपालिकामा रहेको यो दहको अर्को रमाइलो पक्ष भनेको यहाँ पाइने जलचर र चराहरु हो । यहाँ ४० भन्दा बढी प्रजातिका चराहरु पाइने गरिन्छ । विशेषतः जाडोयाममा यहाँ साइबेरियादेखि जाडो छल्न पानीहास् प्रजातिका चराहरु आउने गर्दछन् ।

हेरौं तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *