प्रदेश १ : उपस्थिति कमजोर भएपछि प्रदेश सभाको अधिवेशन अन्त्य

विराटनगर । प्रदेश सभामा सांसदको उपस्थिति पातलिएपछि सरकारले प्रदेश सभाको बर्खे तथा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज दिउँसो बसको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । प्रदेश सभामा मानीय सांसदहरूको उपस्थिति नै कमजोर भएपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए ।

‘प्रदेश सभामा उपस्थिती कमजोर छ,’ मन्त्री कार्कीले भने, ‘महत्वपूर्ण विधेयकमा पनि दुई जनाभन्दा बढी बोल्ने नभएपछि सदन चलाउनुको अर्थ नदेखिएकाले अहिलेलाई अधिवेशन अन्त्य भएको हो ।’ सदन अन्त्य हुनुलाई दलहरुको व्यस्ततालाई पनि लिइएको छ। राजनीतिक दलहरू आ-आफ्नै अधिवेशन तथा सम्मेलनमा लागेकाले सदनमा सरगर्मी चल्न छाडेकाले अधिवेशन अन्त्य गर्नुपरेको सरकारको कथन छ ।

चालु अधिवेशनमा नै प्रदेशको नाम ल्याउने भनेर घोषणा गरेको प्रदेश सरकारले यो अधिवेशनमा पनि नामाकरणको विषय प्रवेश नगराउँदै अधिवेशनको अन्त्य गरेको छ । ‘हामीले यसै अधिवेशनमा नाम ल्याउने भनेका थियौँ,’ मन्त्री कार्कीले भने, ‘यदि नामको विषयमा छलफल गर्नुपर्छ बिचमा १० दिन अधिवेशन बोलाएर सदन चलाउन सकिन्छ, खासै फरक पर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *