दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए एमालेले प्रतिवाद गर्ने

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिवाद गर्ने भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिवादपछि उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने बताए ।

यो पनि
‘दल विभाजनसम्बन्धी अध्यादेश आए जुनसुकै लडाइँ लड्न पनि तयार हुन्छौँ’

‘लोकतान्त्रिक प्रणालीलाई नै विवादित बनाउने र संकटतिर धकेल्ने अध्यादेश ल्याउनेजस्ता क्रियाकलापप्रति खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने संकल्प प्रकट गर्दछ । यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ,’ ज्ञवालीले भने ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टी विभाजन गर्ने हरेक षड्यन्त्रविरुद्ध दृढताका साथ उभिन र पार्टी एकताको पक्षमा सक्रिय योगदान गर्न बैठक आह्वान पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *