दल विभाजनसम्बन्धी अध्यादेशले मुलुक अस्थिरतातिर धकेलियो : भट्टराई

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले सरकारले ल्याएको पार्टी विभाजनको अध्यादेशले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेलेको आरोप लगाएका छन् ।

मंंगलबार सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि एमाले नेता भट्टराईले यस्तो अध्यादेश जारी गरेर मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र भएको बताएका छन् ।

‘राजनीतिक दलको विभाजनलाई सजिलो हुनेगरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धारासायी पार्ने सुनियोजित षड्यन्त्र हो‚’उनले भनेका छन्‚ ‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ ।’

विगतको फोहोरी राजनीतिक अभ्यासको दुस्परिणामबाट शिक्षा लिन नहुने भन्दै पुरानै गल्ति दोहोर्‍याउनु समकालीन नेतृत्वको असफलता भएको भट्टराईले आरोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश बिनाशर्त फिर्ता लिनुपर्ने भन्दै पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले मुलुक र भावी पुस्ताको भविस्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *