गगन थापाले पनि विरोध गरे देउवाले ल्याएको अध्यादेशको

काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको राजनीतिक दल विभाजनमा सहज हुने अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले विरोध गरेका हुन् ।

संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको थापाको ठहर छ । ‘हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ थापाले भनेका छन्, ‘समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्छ ।’

देउवाले अध्यादेश ल्याएपछि कांग्रेसभित्रै यसको विरोध युवा नेताहरुले गरेका छन् । यसअघि कांग्रेस नेता शेखर कोइराला, प्रदीप पौडेललगायतले यसको विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *