ठाकुर-महतो समूहले जसपा लोकतान्त्रिक गठन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूहले नयाँ दल गठन गर्ने भएको छ ।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक दल गठन गर्ने निर्णय गरिएको जसपाका नेता  एकवाल मियाँले मकालुखबरलाई जानकारी दिए ।
दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग जान लागेको उनले बताए । चुनाव चिह्न साइकल माग गरिने पनि उनले जानकारी दिए । सरकारले नयाँ अध्यादेश ल्याएपछि त्यसैअनुसार जसपा विभाजन भएको हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *