बागमतीको मुख्यमन्त्रीमा शाक्यको शपथ

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार अबेर पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

एमालेभित्र माधवकुमार नेपाल समूहमा रहेकी उनलाई नेता नेपालले दर्ता गरेको नयाँ दलमा जान नदिन मुख्यमन्त्री बनाइएको चर्चा एमालेभित्र चलेको छ । उनलाई एमालेको वाग्मती प्रदेश संसदीय दलले बुधबार नै दलको नेता चयन गरेको थियो । त्यसअघि दलको नेता पौडेल थिए ।

शाक्यले मुख्यमन्त्रीको सपथ लिएसँगै दुई मन्त्री नियुक्त गरेकी छन्। उनले सांसद केशव पाण्डेलाई आन्तरिक मामिला र कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *