प्रचण्डद्वारा अध्यादेशको ‘बचाऊ’- लोकतन्त्रको रक्षाका लागि अध्यादेश ल्याउनुपर्‍यो (भिडिओ)

‘माधवजीको सनाखतबित्तिकै मन्त्रिपरिषद् टुङ्ग्याउँछौँ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको बचाऊका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले ल्याएको बताएका छन् । बिहीबार (आज) प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता साझेदारी माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘कतिपयले पहिलेको अध्यादेश र अहिलेका अध्यादेश एकैखाले भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यी एकैखाले होइन अथवा यो फरक परिस्थितिमा आएको छ । एउटाले लोकतन्त्र सिद्ध्याउँथ्यो भने अर्कोले बचाएको छ ।’

‘माधवजीको सनाखतबित्तिकै मन्त्रिपरिषद् टुङ्ग्याउँछौँ’

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले माधवकुमार नेपालको सनाखत गर्नेबित्तिकै मन्त्रिपरिषद् टुङ्गिने बताएका छन् । ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘आज मात्रै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भयो । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुङ्ग्यादिनुपर्छ भन्ने सहमति भएको छ । उताबाट दर्ता सनाखत हुनेबित्तिकै त्यो टुङ्याइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *