रेशम चौधरीलगायतको रिहाइको माग गर्दै माइतीघरमा धर्ना (तस्बिरहरू)
२०७८ भदौ ३ गते
काठमाडौँ । काठमाडौँस्थित डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीलगायत टिकापुर विद्रोहका सम्पूर्ण राजबन्दीको रिहाइको माग राख्दै विगत ३ दिनदेखि थरुहट थारुवान राष्ट्रिय मोर्चाले माइतीघरमा धर्ना दिँदै आएको छ ।
थरुहट/थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा मोर्चाले भाद्र १ गतेदेखि प्रदर्शन गर्दै आएको हो ।
प्रदर्शनमा मोर्चाका पदाधिकारीलगायत नागरिक अगुवाहरू खगेन्द्र सिटौला‚ नारायण वाग्लेसहित अभियान्ताहरूको उपस्थिति रहेको छ ।
तस्बिरहरू:
२०७८ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित