माधव नेपाललाई साथ दिनुपर्छ : वामदेव

कठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपाल पक्षलाई साथ दिनुपर्ने बताएका छन् । आफूनिकट नेता कार्यकर्तालाई बिहीबार भर्चुअल सम्बोधन गर्दै नेता गौतमले केपी शर्मा ओलीको अन्यायविरुद्ध विद्रोह गरेकाले नेता नेपाललाई साथ दिनुपर्ने बताएको उनी निकट एक नेताले जानकारी दिए ।

एमालेभित्रै बसेर केपी ओलीसँग आन्तरिक संघर्ष गरेर उनलाई सुधार्न नसकिने भन्दै नेता गौतमले त्यसविरुद्ध विद्रोह गर्ने हिम्मत गरेकाले माधव नेपाल पक्षलाई साथ दिनुपर्ने बताएको ती नेताले जानकारी दिए ।

गौतमनिकट नेता बाबुराम थापाले भने दुवै पक्षसँग थप छलफल आवश्यक रहेको भन्दै छलफल अघि बढाउनुपर्ने बताए ।

गौतमले एमालेमै रहने वा एमाले समाजवादीमा जाने भन्ने निर्णय गरेका छैनन् । यसै क्रममा उनले आफू निकट नेताहरूसँग आन्तरिक परामर्श थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *