अफगानस्तानमा तालिबानले लगाउला सरिया कानून ?

हाल अफगानिस्तानमा भइरहेको घटनाक्रमबारे धेरैजसो जानकार छन् । इस्लामिक लडाकु संगठन तालिबानले २० वर्षपछि शासनसत्ता पुन: कब्जा गरेको छ । राष्ट्रपति असराफ गनी देश छाडेर भागिसकेका छन् । हजारौँ अफगान नागरिकहरूले देश छोड्ने क्रम जारी छ । अफगानिस्तानमा कार्यरत हजारौँ विदेशी नागरिकलाई सम्बन्धित देशले उद्धार गरेर लागिरहेका छन् ।

राजधानी र मुख्य शहरहरू राज्य सैनिक र अमेरिकी सैनिकको कब्जामा थियो भने ग्रामीण इलाका तालिबानकै कब्जामा थियो ।

सन् १९९० को दशक ताका उदाएको तालिबान संगठनले छोटो समयमै राज्य सत्ता हत्याउन सफल भएको थियो । तानलिबानीहरूले सन् १९९६ मा सत्ता कब्जा गरी पहिलो पटक अफगानिस्तानको शासनको बागडोर सम्हालेका थिए । सन् २००१ सेप्टेम्बर ११ मा ओसमा बिन लादेनको अल कायदा समूहले विमान अपहरण गरी अमेरिकाको ट्वीनटावरमा हमला गरेपछि तालिबानको सत्ता ढालिएको थियो । बिन लादेन अफगानिस्तानमा लुकेर बसेको आशंकामा उनको खोजी गर्न भनी अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानमा उतारेपछि तालिबानहरू सत्ता छाडेर भागेका थिए ।

एक हिसाबले अमेरिकाले तालिबानको सत्ताच्यूत गरी एक ‘कठपुतली’ सरकार गठन गरेको थियो । तालिबानहरू राजधानी काबुल छाडेर गाउँ बस्तीतिर लागेका थिए । राजधानी र मुख्य शहरहरू राज्य सैनिक र अमेरिकी सैनिकको कब्जामा थियो भने ग्रामीण इलाका तालिबानकै कब्जामा थियो ।

अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजाने निर्णय गरेलगत्तै तालिबानहरू सक्रिय हुन थाले । देशका मुख्य शहरहरू कब्जा गर्दै राजधानी काबुलसमेत कब्जा गरेपछि उनीहरूको शासन सत्ता सुरु भएको मानिएको छ । तालिबानहरूको शासनसँग धेरै प्रकारको चासो बढिरहेको छ र‚ विभिन्न खाले अड्कलबाजी पनि भइरहेको छ । तीमध्ये सबैको ध्यान तानेको एउटा विषय हो‚ सरिया कानुन । यो कानून लागू भएमा विशेषत: महिला र बालबालिकाको मानवाधिकारको अवस्था ज्यादै नाजुक हुने भनेर विश्व समुदायले चिन्ता व्यक्त गरिरहेका छन् ।

सन् १९९६ मा तालिबानहरूले सत्ता कब्जा गरेको बेला पनि यो कानूनको अभ्यास गरेका थिए । हाल उनीहरूको प्रभाव रहेको ग्रामीण इलाकाहरूमा पनि यो कानून लागू गरेका छन् । पछिल्लो पटक सन् २०१९ को अप्रिल महिनामा दक्षिण पूर्वी एसियाली राष्ट्र ब्रुनाईका सुल्तान हसनल बोल्कियले पनि सरिया कानुन लागू गरेको घोषणा गरेका छन् ।

तालिबानहरूको एक मुख्य उद्देश्य भनेको आफगानिस्तानमा सरिया कानून लागू गराउनु नै हो । काबुल कब्जापछि तालिबान नेताहरूले सरिया कानूनलाई क्रमिक रुपमा लागू गर्दै जाने भनिरहेका छन् । सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको अमेरिका-तालिबान शान्ति वार्तामा पनि तालिबानहरूले सरिया कानुन लागू गर्न पाउनुपर्ने मुख्य माग राखेका थिए ।

के हो सरिया कानून ?
सरिया कानून भनेको इस्लाम धर्मको समग्र कानून प्रणाली हो । अरबिक भाषाबाट व्युत्पन्न यो शब्दको अर्थ हुन्छ ‘भगवानको अपरिवर्तित दैविक कानून’। इस्लाम धर्मलम्वीहरूका लागि बनाइएको नीति शास्त्रहरूको रुप नै सरिया कानून हो । यो कानून इस्लाम धर्मग्रन्थ ‘कुरान’ र इस्लाम धार्मिक न्यायाधीशहरूको फैसला ‘फत्वा’को संयोजनबाट निर्माण गरिएको हुन्छ । सरियाको मुख्य चार स्रोतहरू रहेको मानिन्छ :- कुरान (धार्मिक ग्रन्थ), सुन्नाह (पैगम्बरले दिएका उपदेशहरू), कियस (सादृश्य तर्क) र इजिमा (इस्लाम विद्वानहरूको फैसला) ।

सरिया कानूनले अपराधलाई सामान्यत: दुई वर्गमा विभाजित गर्दछ । पहिलो प्रकारको अपराध हो- हड अपराध‚ जुन अपराध अक्षम्य र कडा दण्डसहितको हुन्छ । व्यभिचार, धर्म परिवर्तन, डकैति आदि अपराधलाई ‘हड अपराध’ को रुपमा लिइन्छ ।

दोश्रो प्रकारको अपराधलाई ‘ताजीर अपराध’ भनिन्छ‚ जुन अपराधको सजाय न्यायाधीशहरूको विवेकमा छाडिन्छ । पहिलो प्रकारको अपराधको सजाय मृत्यु दण्ड, अंगभङ्ग, शिर छेदन र देश निकाला आदि हुन्छ भने दोस्रो प्रकारको अपराधको सजाय कोरा लगाउने, आर्थिक जरिवाना गर्ने, गाउँ निकाला गर्ने आदि हुन्छ ।

सन् १९९६ मा तालिबानहरूले सत्ता कब्जा गरेको बेला पनि यो कानूनको अभ्यास गरेका थिए । हाल उनीहरूको प्रभाव रहेको ग्रामीण इलाकाहरूमा पनि यो कानून लागू गरेका छन् । पछिल्लो पटक सन् २०१९ को अप्रिल महिनामा दक्षिण पूर्वी एसियाली राष्ट्र ब्रुनाईका सुल्तान हसनल बोल्कियले पनि सरिया कानुन लागू गरेको घोषणा गरेका छन् ।

तालिबानहरूले सरिया कानुनअनुसार पुरुषले दाह्री पाल्नुपर्ने र महिलाले पूरा शरीर छोप्ने बुर्का लगाउनुपर्ने नियम लगाएका छन् । महिलालाई घरबाट बाहिर हिँड्डुल गर्न प्रतिबन्ध हुन्छ भने १० वर्षभन्दा माथिको बालिका विद्यालय गएर शिक्षा आर्जन गर्न पूर्ण प्रतिबन्ध हुन्छ । पाकिस्तानी बालिका मलला युसुफजाईलाई तालिबानीले गोली हान्नुपर्ने कारण पनि यही थियो । महिलाहरूलाई खेलकुदमा सहभागी हुन पूर्ण प्रतिबन्ध हुन्छ । तालिबानको पहिलो शासनकाल (सन् १९९६-२००१) अवधीभर रेडियो, टेलिभिजन र सिनेमामा प्रतिबन्ध लगाइएको थियो । हालको ईन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबारे चाहिँ कस्तो नियम बनाउछन्, हेर्न बाँकी छ ।

अन्तर्राष्ट्रिय समर्थन र मान्यता पाउन पनि तालिबान सरकारले मानवअधिकारको पालना र रक्षा गर्ने प्रतिबद्धता देखाउने रणनीति लिन सक्छ । तर काबुलस्थित रेडियो र टेलिभजनहरूले तालिबान नेताको भाषण र इस्लाम भजनहरू मात्र बजाइरहेका छन्

ब्रुनाईमा सरिया कानूनअनुसार बलात्कार, व्यभिचार, लुटपाट र ‘मोहम्मद’को अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था गरिएको छ । समलिङ्गी सम्बन्ध राख्नेलाई सार्वजनिक ठाउँमा ढुंगाले हिर्काएर मार्ने व्यवस्था छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था छ । अफगानिस्तानमा पनि लागू हुने सरिया कानुनको प्रारुप योभन्दा फरक नहुन सक्छ ।

तालिबानहरू अझ कट्टरपन्थी भएका कारण सरिया कानूनलाई कडाइका साथ लागू गर्न सक्छन् । यद्यपि तालिबानका नेताहरूले काबुलबाट महिला तथा बालबालिकाको अधिकारको पूर्ण सम्मान गर्ने बताइरहेका छन् । उनीहरूले पूर्णरुपमा शासन सत्ता सम्हालिनसकेको अवस्थामा सरिया कानून कुन रुपमा लागू हुन्छ भनेर अहिल्यै निर्क्यौल गरिहाल्ने अवस्था भने छैन ।

अन्तर्राष्ट्रिय समर्थन र मान्यता पाउन पनि तालिबान सरकारले मानवअधिकारको पालना र रक्षा गर्ने प्रतिबद्धता देखाउने रणनीति लिन सक्छ । तर काबुलस्थित रेडियो र टेलिभजनहरूले तालिबान नेताको भाषण र इस्लाम भजनहरू मात्र बजाइरहेका छन् । विदेशी पत्रकार महिलाहरू समेत बुर्कामा समचार रिपोर्टिङ गरिरहेका छन् । यी दृष्यहरूले तालिबानको शासनप्रति आम मानिस त्रसित भएको ठम्याउन सकिन्छ ।

तर काबुलमा प्रवेश गर्दै गर्दा तालिबानका लडाकुहरूले आफूहरूले देश बाहिर जान चाहनेलाई जान दिने तर‚ पहिलेजस्तो कट्टरता नलाद्ने बताएको खबरहरू पनि सार्वजनिक भएका छन् । फेरिएको समय तथा अन्तर्राष्ट्रिय सम्बन्धहरूको जरुरतलगायतका कारणले तालिबानले यसअघिको आफ्नो कार्यकालमा भएका कठोरताको सन्दर्भमा केही लचकता अपनाउने आकलन पनि गरिएको छ ।

प्रतिक्रिया

One thought on “अफगानस्तानमा तालिबानले लगाउला सरिया कानून ?

  1. अत्यन्तै समसामयिक र उपयोगी लेख सर कलम चलिरहोस शुभकामना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *