कोरोना संक्रमणका कारण नेपालमा २१ जना सञ्चारकर्मीको निधन

काठमाडौँ । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म २१ जना पत्रकारको निधन भएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार अहिलेसम्म २१ जना पत्रकार र दुई जना सञ्चारकर्मीको निधन भएको छ । पछिल्लोपटक बुधबार राजधानी न्युज पब्लिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन र बिहीबार रेडियो झापाका स्टेसन मेनेजर गणेश शिवाकोटीको निधन भएको थियो ।

योसँगै कोरोनाकै कारण ज्यान गुमाउने पत्रकार तथा सञ्चारकर्मीको संख्या २३ पुगेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

देशभर एक हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । महासंघले पछिल्ला केही दिन यता कोरोना संक्रमणको दर बढेको भन्दै स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरेर मात्रै पेशागत कर्ममा जुट्न अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *