प्रदीप गिरीको स्वास्थ्य अवस्था सामान्य छ : निधि

काठमाडौँ । नेपाली  कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । निधिले शुक्रबार मुम्बईमा उपचाररत नेता गिरीलाई भेटेपछि उनको अवस्था समाचारमा आएजस्तो जटिल नरहेको निधिलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार रामजी दाहालले मकालुखबरलाई जानकारी दिए ।

निधिले नेता गिरीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी दिँदै दाहालले मकालुखबरसँग भने, ‘उपसभापतिज्यूले बिहान भेट्नुभयो । उहाँको घाँटीमा देब्रेपट्टि नलीबाहिर एउटा ट्युमर देखिएको रहेछ, त्यस्तो डरलाग्दो अवस्था होइन । तर, अझै केही परीक्षणको रिपोर्ट नआएकाले कुन विधिबाट उपचार हुने ? भन्ने टुंगो लागेको छैन ।’

गिरी अघिल्लो हप्ता नियमित फलोअपका लागि हिन्दुजा अस्पतालमा भर्ना भएका हुन् । अस्पतालमा परीक्षण गर्दै जाँदा उनको घाँटीमा ट्युमर देखिएको हो । गिरीको स्वास्थ्य अवस्था र उपचारबारे बुझ्न उपसभापति निधि बिहीबार प्रदेश २ का ऊर्जामन्त्री ओमप्रकाश शर्मासहित मुम्बई पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *