सनाखतका लागि आयोगले बोलायो नेपाल र ठाकुरलाई

काठमाडौँ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) लाई सनाखतका लागि बोलाएको छ । दुवैलाई आउँदो भदौ ९ गते बिहान साढे ११ देखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाएको आयोगका सूचना अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका दुवै दलका केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखत हुने  सूचना अधिकारी धमलाले बताए । नेपाल र ठाकुरले शुक्रबार (आज) दल दर्ताका लागि निवेदन दर्ता गराएका छन् । यसअघि गत बुधबार नै निवेदन दर्ताका लागि आयोग पुगेका उनीहरुलाई संशोधित व्यवस्थाअनुरूपको फर्म्याटको निवेदनसँगै नाम फेरेर पुनःदर्तामा आउन भनेको थियो । सोहीअनुसार नेपाल पक्ष र ठाकुर पक्षले पुनःदर्ताका लागि निवेदन दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *