कमल थापा स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकलाई सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन उनको आग्रह छ । आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।

राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो । समितिमा नेताहरु धनबहादुर बुढा, भरतजंग उप्रेती, रवीन्द्र प्रताप शाह, राजेश गिरी सदस्य छन् भने सदस्य सचिवमा प्राडा गीताभक्त जोशी रहेका छन् । त्यसैगरी समितिमा सातै प्रदेश समितिका अध्यक्ष र उपाध्यक्षहरु पनि पदेन सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *