जापानले दिने १६ लाख बढी डोज खोप नेपाल आइपुग्यो (तस्बिरहरू)
काठमाडौँ । जापान सरकारबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोपको सबै मात्रा नेपाल आइपुगेको छ ।
जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई प्रदान गर्ने कूल १६ लाख १४ हजार ७४० एस्ट्राजेनेका खोप मध्ये आउन बाँकी ७ लाख ६७ हजार ४२० खोप आज काठमाडौं आइपुगेसँगै जापानले उपलब्ध गराउने सबै खोप आइसेकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कूल १६ लाख १४ हजार ७४० खोप जापान सरकार मार्फत नेपालले प्राप्त गरेको छ।
लगभग आधा जति गत श्रावण २३ र २४ गते नै नेपाल आइसकेको थियो भने भदौ ५ गते पनि केही मात्रा आएको थियो । यो खोप हाल सञ्चालन भइरहेको खोप कार्यक्रममा प्रयोग भइरहेको छ । यी खोपहरू कोभ्याक्स प्रणाली मार्फत प्राप्त भएका हुन्।
नेपालका लागि जापान दुतावासले यो अनुदान जापान र नेपाल सरकारको मित्रताको प्रतिक भएको र १६ लाख भन्दा बढि खोप प्रदान गर्न सकेकोमा दुतावास पनि खुशी रहेकाे जनाएको छ ।
कोभ्याक्स प्रणालीमा सेपी, गाभी, युनिसेफ, डब्लु एच वो लगायतको संलग्नता छ ।
तस्बिरहरू:
तस्बिरहरू : यूनिसेफ