सापारुमा कृष्ण बनेका बिपुल (तस्बिरहरू)

काठमाडौँ । नेपाल भाषामा ‘सा’को अर्थ गाई र ‘पारु’को अर्थ प्रतिपदा तिथि हो । नेवार समुदायले आज गाईजात्रालाई ‘सापारु’ अर्थात् प्रतिपदाको गाई भनेर मनाउछन् । आज देशभर नेवार समुदायले सापारु अर्थात् गाईजात्रा पर्व मनाउँदैछन् ।

काठमाडौँको जय बागेश्वरीका ८ वर्षीय बिपुल संगत आज (सोमबार) बिहानैदेखि खुसी थिए । आज उनी गत तिहारमा निधन भएकी आफ्नी हजुरआमाको सापारु‚ अर्थात् गाईजात्रामा सहभागी हुँदैछन् । उनी आफ्ना बुबा बिनोद संगतसँग आजको गाईजात्रामा सहभागी हुँदैछन् । उनी सहभागी मात्र हुँदै छैनन्‚ जात्राको मूख्य पात्र नै बन्दैछन् ।

बिपुललाई आजको गाईजात्रामा परिवारले भगवान श्रीकृष्ण बनाउँदैछ । बिहानैदेखि परिवारका अन्य सदस्य उनलाई कृष्णजस्तै देखियोस् भनेर सिंगार्न व्यस्त छन् । बिपुल पनि आफू सिंगारिन पाउँदा खुसी छन् । अर्को कोठामा उनका बुबा गाईको रुपमा सिंगारिँदैछन् । उनीहरू बाबु छोरासहित टोल छिमेकका अरु पनि गाईजात्रामा सहभागी हुँदैछन् ।

तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *