चौथाइवाले र ‌ओलीबीच भेटवार्ता

भक्तपुर । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबी भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित उनकै निजी निवास पुगेका थिए ।

भेटमा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुदृढ सम्बन्ध बनाउन चाहेको भन्दै आफ्नो नेपाल भ्रमणको उद्देश्य नै नेपालका राजनीतिक दलहरूसँगको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताएका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गर्दा भारत सरकार र भारतीय जनता पार्टीले सहयोग गरेको भन्दै त्यसका लागि आफूले धन्यवाद दिन चाहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *