चौथाइवाले-प्रचण्ड भेटवार्ता
काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमख विजय चौथाइवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । सोमबार राजनीतिक भेटघाटमा व्यस्त रहेका चौथाइवालेले प्रचण्ड निवास खुमलटारमै पुगेर उनलाई भेटेका हुन् ।
भेटवार्तामा दुई पक्षीय हितका विषयमा कुराकानी भएको चौथाइवालेले ट्वीटमा जानकारी दिएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, प्रस्तावित लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका छन् ।
चौथाइवालेले ट्वीटरमा पछिल्लो २४ घण्टामा महत्वपूर्ण भेटघाट भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सम्बन्ध बलियो बनाउन चाहेको विषयलाई नेपालका नेताहरुले सराहना गरेको दाबी गरेका छन् ।
In last 24hrs, I met four seniormost leaders of Nepal, @SherBDeuba ji, @kpsharmaoli ji, @cmprachanda ji n Mahantha Thakur ji, representing diverse ideological and political spectrum.Each one appreciated PM @narendramodi Ji's commitment to strong relations between India and Nepal
— Dr Vijay Chauthaiwale (@vijai63) August 23, 2021