धेरै नेतालाई मध्यपन्थले अल्झायो : झलनाथ

काठमाडौँ । भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी) लाई साथ नदिएकोमा एमालेको ‘नयाँ समुह’ का नेताहरुको आलोचना गरेका छन् ।

एकीकृत समाजबादीको केन्द्रीय कमिटी बैठकलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको भन्दै तर यो लामो नहुने बताएका हुन् । खनालले मध्यपन्थ भनेको पनि अवसरवादकै एउटा रुप भएको र यसले अन्तिममा दक्षिणपन्थलाई नै सघाउने दाबी गर्दै मध्यपन्थको आयु लामो नहुने दाबी पनि गरे । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको आलोचना गरेको समाजबादीका एक नेताले जानकारी दिए ।

त्यसलाई चिर्न दक्षिणपन्थी अवसरमाथि वैचारिक, राजनीतिक, संगठनात्मक र कायशैलीगत हमला गर्न सक्नुपर्ने उनले बताए । खनालले आफू आउँदो सोमबार काठमाडौं आइपुग्ने जानकारी पनि दिएको ती नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *