मूल घरमा फर्कन नेता‚ कार्यकर्तालाई एमालेको आग्रह, मंसिरमा महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा एमालेले नयाँ दल खोल्ने निर्णय गरेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गरेको छ ।

मंगलबारको स्थायी कमिटी बैठकपछि एमालेले एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित गर्दै ‘मूल घर’मा फर्किन आग्रह गरेको हो । ‘मूल घर’मा फर्किने नेताहरूलाई कारबाही नगरिने र हार्दिक स्वागत गरिने बैठकमा सहभागि नेताहरूले बताएका छन् ।

यस्तै बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । अब एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने एमालेका प्रवक्ता  प्रदीप ज्ञवालीले जानकारी दिए ।

१० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरू विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल बनाएको छ ।

यस्तै एमालेको  दशौँ महाधिवेशन  मंसिर १०-१२ मा र विधान महाधिवेशन असोज ४-६ मा गर्ने निर्णय भएको छ । बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरूको भेला गर्ने एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *