विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकका निर्णयहरूबारे जानकारी गराउन तथा अन्य समसामयिक राजनीतिक विषयमा स्पष्ट पार्न ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

आजै दिउँसो माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगले दल दर्ताका लागि सनाखत गर्न समय छुट्याएको छ । त्यसअघि अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन् ।

विगतमा नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्य मंगलबारदेखि एमालेको बैठकमा सहभागी भएका थिए । सो बैठकमा पार्टीका संरचना २ जेठ, २०७५ को अवस्थामा फर्काउने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *