आयोग पुगे माधव नेपालसहितका नेता (तस्बिरहरु)

काठमाडाैँ । नयाँ पार्टी दर्ताका लागि  नेकपा एकीकृत समाजवादीका नेताहरू निर्वाचन आयोग पुगेका छन् । आयोगले उनीहरूलाई सनाखत गर्न आज बोलाएको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन् ।

नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् । उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *