आयोग पुगेर महतोले भने- ‘आज नयाँ घर बन्छ’

काठमाडौं । प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)का नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । नयाँ पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरु आयोग पुगेका हुन् ।

पार्टीका वरिष्ठ नेता महतोले आज नयाँ घर तयार हुने बताएका छन् । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘आज नयाँ घर बन्छ । सबै नेताहरु आएका छौँ । सनाखत हुन्छ, पार्टी र प्रमाणपत्र पनि चाँडै हात पर्छ ।’

प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु पनि सनाखतको लागि अहिले निर्वाचन आयोग पुगेका छन् । दुवै पार्टीलाई आज बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *