लोसपा नेताहरूको सनाखत हुँदै

काठमाडौँ । निर्वाचन आयोग पुगेका प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूको सनाखत भइरहेको छ ।

नयाँ पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका सांसदहरू आयोग पुगेसँगै सनाखतको क्रम अघि बढेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा ३१ जना केन्द्रीय र १४ जना सांसदहरूको सनाखत हुने बताइएको छ ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु पनि सनाखतको लागि अहिले निर्वाचन आयोग पुगेका छन् । दुवै पार्टीलाई आज बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *