मुख्यमन्त्री आचार्यद्वारा पदबहाली

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदबहाली गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री आचार्यले पदबहाली गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री शेरधन राईले नवनियुक्त मुख्यमन्त्री आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।  राईकै प्रस्तावमा आचार्य सर्वसम्मत रूपमा एमाले प्रदेश १ संसदीय दलको नेता चयन भएलगत्तै मूख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *