जनगायक टुहुरेको अन्त्येष्टि (तस्बिरहरू)
२०७८ भदौ १० गते
काठमाडौँ । जनवादी गायक जेबी टुहुरेको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार (आज) निधन भएको हो ।
उनको पार्थिव शरीरमा छोराले दागबत्ती दिएका थिए ।
पशुपतिमा अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वमन्त्रीहरु प्रदीपकुमार ज्ञवाली, वर्षमान पुन, गिरिराजमणी पोखरेल, कलाकारहरु टीका भण्डारी, विजयसुब्बालगायत पुगेका थिए ।
यो पनि : टुहुरेको पार्थिव शरीर पशुपतिमा (तस्बिरहरु)
टुहुरेको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा राखिएको थियो ।
कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई अस्पताल लगिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचाप लगायतबाट पनि पीडित थिए ।
२०७८ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित