आयोगले नयाँ दुई दल दर्ताको जानकारी संसदमा पठायो

काठमाडौँ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरमा नेतृत्वमा लोकतान्त्रिक समाजवादी दल दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ ।

नेकपा (एकीकृत समाजवादी) मा ३० सांसद रहेको र लोकतान्त्रिक समाजवादीमा १४ सांसद रहेको विवरण आयोगको पत्रमा उल्लेख गरिएको छ ।

गत निर्वाचनमा एमाले पार्टीबाट निर्वाचित थप चार जना सांसदले पनि नेकपा (एकीकृत समाजवादी) मा रहन चाहेको निवेदन प्राप्त भएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।

माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाऊँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरूको निवेदनका सन्दर्भमा कुनै निर्णय लिएको छैन ।

सरकारले २० प्रतिशत संघीय संसद वा केन्द्रीय समितिमा पुर्‍याएर दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो ।

यी दुवै दललाई निर्वाचन आयोगले यहि भदौ ९ गते केन्द्रीय समिति र सांसदहरूको सनाखत गराएर दल दर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *