प्रदेश १ सरकार विस्तार‚ तिवारी र साम्सुहाङ बने मन्त्री

विराटनगर । प्रदेश १ सरकार विस्तार भएको छ । दुई जना मन्त्री थप गर्दै मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकार विस्तार गरेका हुन् ।

नयाँ सरकारमा लछुमन तिवारी र बलबहादुर साम्सुहाङ मन्त्री बनेका छन् । साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

उनीहरूलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ गराएका छन् । तिवारी तेह्रथुमका र साम्सुहाङ ताप्लेजुङ्गका प्रदेशसभा सदस्य हुन् । दुबैजना यसअघि माधव नेपाल निकट रहेपनि दल विभाजन हुँदा एमालेमै रहने निर्णय गरेका थिए । आचार्यले हिजाे मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *