शर्मा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं । प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *