मन्त्रिपरिषद् विस्तारबारे देउवा, दाहाल र नेपालबीच छलफल

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन् ।

नेताहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको श्रोतले जनाएको छ । देउवाले शनिबार पनि माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए । तर, मन्त्रिपरिषद्  विस्तारका विषयमा सत्तारुढ दलहरुबीच कुन दलले कति मन्त्रालय लिने ? भन्ने सहमति जुटिसकेको छैन ।

सोमबार जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहित सत्तारुढ गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लाग्ने एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *