रावलको प्रश्न : भाजपाका नेतासँग नेपालका क-कसले तुइनको विषय उठाए ?

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरुको भेटको विषयमा प्रश्न उठाएका छन् ।

आइतबार ट्विट गर्दै उपाध्यक्ष रावलले नेपाली नेताहरूले कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाईवालेसँग भेटेको भन्दै भेटमा महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गरिएको विषय नेता चौथाईवालेसँग उठाए नउठाएको भन्नेबारे प्रश्न गरेका हुन् ।

उनले भेट कूटनीतिक मर्यादा बिपरित भएको पनि बताएका छन् । ‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसँग भेटवार्ता गर्ने कुन कुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाएछन्, राष्ट्रिय हितका के कुरा गरेछन्, जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि’ उनले लेखेका छन्।

भाजकाका विदेश विभाग प्रमुख चौथाईवाले नेपाल बसाइका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलागयत नेता तथा मन्त्रीहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *