समाज रूपान्तरणका लागि नयाँ बाटो हिँड्यौँ : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजको रूपान्तरण आजको आवश्यक्ता रहेको बताएका छन् । आइतबार (आज) संसद् भवनको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘आजको आवश्यक्ता सामाजिक रूपान्तरणको हो,’ नेपालले भने, ‘त्यसकै लागि हामीले पनि यो मोर्चाबाट अगाडि बढेका हौँ । नयाँ दल दर्ता गर्यौँ, प्रमाणपत्र पनि प्राप्त गर्यौँ । अबको कार्यभार भनेको सामाजिक रूपान्तरणकै हो ।’

यस्तै अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई महालेखाको प्रतिवेदन पढ्न आग्रह गरेका छन् । ओलीले आफूले जे बोल्यो, त्यो ब्रह्मवाक्य हुनुपर्ने सोच्ने गरेको र आफूलेजस्तो काम कसैले गरेको छैन भन्ने दाबी गर्ने गरेको भन्दै अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन् । ‘महालेखाको प्रतिवेदन पढ्नुस् त,’ अध्यक्ष नेपालले भनेका छन् ।

ओली काण्डलगायतका विषयमा प्रश्न उठ्दा ओलीले कहिल्यै छानबिन गर्न गम्भीरता नदेखाएको नेपालको भनाइ थियो । ‘यदि उहाँको संलग्नता छैन भने छानबिन गर्न किन बाधा गर्नुपर्यो ?’ अध्यक्ष नेपालले ओलीलाई प्रश्न गरे ।

अहिले एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी छ । बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई चयन गर्ने, प्रमुख सचेतक, सचेतकलगायतका संसदीय दलका पदाधिकारीहरको चयन गर्ने नेतृ निरूदेवी जैरूले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *