एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल

वेदुराम भुसाल राष्ट्रिय सभाको संसदीय दलका नेता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका नेपाल चयन भएका हुन् ।

शनिबार (आज) बसेको उक्त पार्टीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । यस्तै बैठकले वेदुराम भुसाललाई राष्ट्रिय सभाको संसदीय दलको नेता पनि चयन गरेको छ ।

बैठकले प्रमुख सचेतक, सचेतकलगायतका संसदीय परिषद् पदाधिकारीलाई समेत चयन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *