यी दुई देश जहाँ कोकाकोला किन्न पाइँदैन
मकालु खबर
२०७८ भदौ १४ गते
काठमाडौँ । कोकाकोला धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो । यो पेय पदार्थ विश्वका सबैजसाे देशमा सजिलै किन्न सकिन्छ । तर कोकाकोला बिक्री गर्न नपाइने देश पनि छन् ।
बीबीसीका अनुसार ती देश हुन्- उत्तर कोरीया र क्यूवा । यी दुई देशमा कोकाकोला आधिकारिक रुपमा बिक्री गर्न पाइँदैन । यी दुवै देश लामो समयसम्म अमेरिकी व्यापार प्रतिबन्धको अधीनमा रहेकाले यसो भएको हो ।
त्यसैले यी देशमा लुकाएर चीन वा मेक्सिकोबाट आयात गरेर मात्र कोकाकोला बेच्ने गरिन्छ । त्यसरी बेचिने कोकाकोला पिउन यी देशका नागरिकले अरु देशको तुलनामा धेरै रकम तिर्ने गरेका छन् ।
मकालु खबर
२०७८ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित