यसवर्ष ढोकैबाट कृष्णको दर्शन (तस्बिरहरु)

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा अर्चना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा पुजिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा- अर्चना गर्न भक्तजनको भिड लाग्ने गर्द्छ । भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ ।

यो पनि : श्रीकृष्ण जन्माष्टमी मनाइँदै, यस्ताे छ धार्मिक महत्व

आजकै दिन पाटनको मङ्गल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा मेला लाग्ने गर्दछ । यसवर्ष भने कोभिड-१९ का कारण मन्दिर बन्द रहेकोले दर्शनार्थीहरु बाहिरैबाट दर्शन गरी फर्केका छन् ।

हेरौं, तस्बिरहरु :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *